दफा १८
सामूहिक खर्च व्यहोर्ने
आवास इकाई धनीले आफूले उपभोग गरेको सामूहिक क्षेत्र तथा सुविधाको संचालन, स्याहार सम्भार, मर्मत, सरसफाई रेखदेख गर्न आफूले उपभोग गर्ने सुविधाको हिस्साको अनुपातमा सम्झौतामा उल्लेख भए बमोजिम लाग्ने सामूहिक खर्च संस्थापक वा समितिलाई बुझाउनु पर्नेछ ।